d

फागुन ८ गते राप्रपाले मानवसागर उतार्दै, यस्तो छ र्‍यालीको रुट

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी ५ नं. क्षेत्रीय समिति द्वारा झापा निर्वाचन क्षेत्र नं. ५ मा आयोजित मोटरसाइकल र्‍याली मध्याह्न १२ बजे दमक पुरानो रात्री बस काउन्टर बाट शुरु हुने निश्चित भएको छ । पार्टी अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने र्‍याली  गौरिगन्जमा मुख्य सभा गरेर सम्पन्न हुने जनाइएको छ । मोटरसाइकल, कार, जिप, भ्यान, मिनिबस लगायत झाकी सहितको  र्‍याली क्याम्पस मोड हुँदै मुख्य चोक बाट बेलडाँगी रोड तर्फ प्रस्थान गरि भृकुटी चोक, मामा चोक, दमक नगरपालिका, हनुमान मन्दिर,  वडा नं. ७ वडा कार्यालय नजीक बसपार्क नजीक वाट मुख्य राजमार्ग प्रस्थान गर्ने, पाडाजुगी चोक हुँदै गौरादह तल्लो पेट्रोल पम्प बाट गौरादह बजार , डिपु चोक, ग्वालडुब्बा चोक हुँदै गौरिगन्ज चोक पुगेर मुख्य सभा स्थल प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
 र्‍याली शुरु गर्नु पुर्व दमक स्थित पुरानो  रात्री बस काउन्टरमा विषेश कोणसभाको आयोजना गरिने, कोणसभालाई स्थानीय र केन्द्रिय नेताले सम्बोधन गर्ने तालिका रहेको छ ।  गौरादह डिपुमा पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमल थापालाई पन्चकन्याले पुष्पगुच्छा सहित स्वागत सम्मान गर्ने तथा मुख्य कोणसभा स्थल गौरिगन्ज मुख्य चोकमा अध्यक्ष थापा र महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्ग्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समिति क्षेत्र नं. ५ अध्यक्ष विजय बरालले बताए । 
र्‍यालीलाई व्यवस्थित र मर्यादित तवरले सम्पन्न गर्न युवक संगठन केन्द्रिय सदस्य द्वय राजकुमार योङ्या र हरि तिवारी तथा साही शक्तिका पुर्वान्चल इन्चार्ज लिप्सन बास्तोलाको नेतृत्वमा उल्लेख्य रूपमा स्वयंसेवक परिचालन गरिएको बरालले जानकारी गराए । 
रुट
क्याम्पस मोड - मुख्य चोक- बेलडाँगी रोड-भृकुटी चोक, मामा चोक-दमक नगरपालिका-हनुमान मन्दिर-मुख्य राजमार्ग-पाडाजुगी-तल्लो पेट्रोल पम्प-गौरादह बजार-डिपु-ग्वालडुब्बा-गौरिगन्ज चोक(कार्यक्रम स्थल)
Views: