d

पुर्व युवराज पारस शाह अचानक दमक मल मा किन देखापरे ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: पुर्व युवराज पारस शाह शनिबार साझ अचानक दमक बेलडाँगी रोडमा रहेको दमक मलमा देखापरे । छोटो समयका लागि दमक आएका शाहलाई दमक मलका सञ्चालक रेवत बस्नेत सहितको टोलीले पुष्प गुच्छा सहित स्वागत गरेको थियो । दमक मलको पहिलो तलामा रहेको थर्ड होम कफीशपमा केही समय बिताएका शाहले  आफ्ना शुभचिन्तक संग भेटघाट र कुराकानी समेत गरेका थिए । 
शाहले राप्रपा युवक संगठनका केन्द्रिय सदस्य प्रकाश बस्नेत र झापा निर्वाचन क्षेत्र नं. ५ युवक संगठनका अध्यक्ष तथा पत्रकार सान नेपाल संग संयुक्त भेटगरी  झापा जिल्लाको वर्तमानमा राजनीतिक अवस्था बारेमा चासो राखेको बुझिएको छ । पुर्व युवराज पारस शाह संगको भेटघाट बारेमा जिज्ञासा राख्दा बस्नेत भन्छन्, 'पुर्व युवराज संग मेरो पहिले पनि भेटघाट भएको थियो, देशमा बढेको भ्रष्टाचार र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले जनतामा छाएको निरासा प्रती पुर्व युवराज अत्यन्तै दुखित भएको मैले महसुस गरेको छु । मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियानलाई सफल पार्न क्षणिक राजनीति स्वार्थ भन्दा माथी उठी सवै राजसंस्थाबादी  शक्तिहरु एक ठाउँमा  उभिन सुझाव दिनु भएको छ ।'
पुर्व युवराज शाह आफ्नी आमा पुर्व महारानी कोमल राज्यलक्ष्मी शाहको जन्म दिन मनाउन केही दिन देखि झापा मै रहेको बुझिएको छ । पुर्व युवराज सहित पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज्ञी हिमानी शाह लगायतको पुर्व राजपरिवारका सदस्यहरु जन्मदिनको सिलसिला पारी  झापा आएको बताइएको छ ।
Views: