d

झापाको दमकमा सातौं फुड फेस्टिवल आयोजना गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सुमित भण्डारी 
झापा : झापाको दमकमा सातौ दमक फुड फेस्टिवल २०७७ हुने भएको छ । 
होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा  दमक फुड फेस्टिबल फूडफेस्टिबलको आयोजना गरिएको संघले जनाएको छ ।
दमक क्षेत्रको आर्थिक , सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक , धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।
महोत्सवमा दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्रि , चिया प्रदर्शनी , ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्वारा दैनिक साङ्गितिक कार्यक्रम , स्थानीय भेषभुषा झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम , विभिन्न जातजातिको खानाको परिकारहरुको स्टल हरु रहने आयोजकले जनाएको छ । 
कार्यक्रमका सफलता पुर्बक सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मुल समिती र अन्य विभिन्न उपसमिति हरु पनि गठन गरिएको छ । जसमा भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार,गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन,योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति,मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति,सुधिर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मूल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए । 
फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने छ भने प्रबेश शुल्क रु १०० कायम गरिएको संघले जनाएको छ ।
Views: