d

यसकारण आएका थिए पारस शाह दमकमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा:   दमक मल अर्थात डि म्याक्स भनेर चिनिने शोपिङमार्ट दमक नगरी कै निकै व्यस्त र  लोकप्रिय  ब्यापारीक कम्प्लेक्स हो । आफैंमा सुन्दर र शोपिङ पारखीहरुको रमाइलो गन्तब्य स्थल बनेको दमक मलमा गत शनिबार अल्लग्गै माहोल थियो । शनिबार बेलुकी ४ बजे तिर डिम्याक्स बाहिर  मानिसहरूको खचाखच भिड अचानकै देखिन्छ । सबैका हातमा पुस्प गुच्छा, माला र मायाको चिनो । कसैको प्रतीक्षा गरिएको हुन सक्छ । अचानक उनिहरुको अगाडी केही कारहरु आएर रोकिन्छ । कारबाट एकजना व्यक्ती हास्दै बाहिर निस्किन्छन् उनी हुन्छन्  पुर्व युवराज पारस शाह ।
 शाह दमकमा आइपुग्ने बित्तिकै पुर्व युवराज शाहलाई राजाबादी संगठन वीर गोर्खालीका पुर्वान्चल प्रमुख उमेश लामा, दमक मलका संचालक रेवत बस्नेत, वसन्त बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी युवक संगठन ५ नं. क्षेत्रीय अध्यक्ष सान नेपाल, शाही शक्ति नेपालका पुर्वान्चल इन्चार्ज लिप्सन बास्तोला सहितको टोलीले स्वागत सम्मान अर्पण गरेको थियो । आफ्नी आमा पुर्व बडामहारानी कोमल शाहको जन्मदिन मनाउने सिलसिलामा आफ्ना पिता पुर्व राजा ज्ञानेन्द्र शाह सहित राजपरिवार सदस्यहरु झापाको धुलाबारीमा रहदा उनी आफ्ना शुभचिन्तकलाई भेट्न दमक आएको बताइन्छ । दमक मल मा करिब २ घण्टा बिताएका पुर्व युवराज शाहले उल्लेख्य संख्यामा उपस्थित भएका सबै शुभचिन्तकहरु संग छुट्टाछुट्टै भेटघाट र कुराकानी  समेत गरेका थिए । 
पुर्व युवराज शाहको दमक भ्रमण गर्नुको कारण बारे जिज्ञासा राख्दा राजाबादी संगठन वीर गोर्खालीका पुर्वान्चल प्रमुख उमेस लामा भन्छन्, 'पुर्व राजपरिवारको  झापा सवारी बडामहारानीको शुभजन्मोत्सव मनाउने सिलसिलामा भएको हो, धुलाबारी स्थित मेची क्राउन होटलमा बर्थ डे उत्सवमा हामीले पुुुर्व युुुवराज संग  दमक आएर शुभचिन्तकलाई दर्शन भेट बक्स हुनकोलागि अनुरोध गर्यौं, सोही योजना अनुसार वहाँको दमकमा सवारी भएको हो ।'
पुर्व राजपरिवार सदस्यहरु बिगत १ हप्ता देखि झापाको धुलाबारीमा रहेको मेची क्राउन होटलमा जन्मदिन मनाउने सिलसिलामा भेला भएका थिए । सोही मौकामा झापा आएका पुर्व युवराज पारस शाहले आफ्ना शुभचिन्तकहरु संगको भेटघाटलाई पनि निरन्तरता दिएको बुझिएको छ । राजसंस्थाको अन्त्य भए  संगै पुर्व युवराज शाह लामो समय देखि थाइल्यान्ड बस्दै आएका थिए । यद्यपि बिगत १ वर्ष देखि उनी आफ्ना शुभचिन्तकहरु संग भेटघाट गर्नमा निकै सकृयता बढाउन थालेका छन् । मुलुकमा देखिएको राजनीतिक अस्थिरता, दलहरू बिचको असमझदारी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता आपराधिक क्रियाकलापहरु बढ्न थाले संगै नागरिकतह बाट वर्तमान राजनीतिक व्यवस्थाको विकल्पको रूपमा राजसंस्था मात्र एउटा बलियो शक्तिको रूपमा आउनुपर्ने राजावादी अभियन्ताहरु बताउछन् ।
   
Views: