d

हिन्दुधर्म, राजसंस्था र नेपाली सेनाको संयुक्त प्रयासमा मात्र देशको रक्षा हुनसक्छ- राप्रपा नेता गिरि

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समिति को आयोजनामा वडा नं. १ र ९ मा  वडा भेला सम्पन्न गरिएको छ । बुधबार सम्पन्न भएको वडा भेलाले आगामी    महाअधिवेशनलाई लक्षित गरि वडा समितिहरु समेत चयन गरेको छ । वडा नं. १ मा सम्पन्न कार्यक्रम बाट  बिनोद कुमार राउतको संयोजकत्वमा २१ सदस्यीय वडासमिति गठन गरिएको छ । 
यसैगरी वडा नं. ९ मा हेमराज ओलीको संयोजकत्वमा २१ सदस्यीय वडा समिति  गठन गरिएको जनाइएको छ ।  
दुबै वडा कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पुर्व सह महामन्त्री राजेश गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सम्बोधन गर्दै गिरिले राजसंस्था, हिन्दु धर्म र नेपाली सेना बाट मात्र नेपाल देशको रक्षा हुने भएकोले तीन वटै शक्तिलाई कमजोर बनाउने खालको गणतन्त्रात्मक व्यवस्थाको तत्काल अन्त्य गरिनुपर्ने बताए । राजसंस्था, हिन्दु धर्म र नेपाली सेना एकआपसमा परिपुरक भएको बताए । बिदेशीहरुको इसारामा राजसंस्था र हिन्दु धर्म माथी प्रहार गरेर राष्ट्र र राष्ट्रियताको रक्षक नेपाली सेनालाई समेत बिबादास्पद बनाउन थालिएको प्रती आक्रोश व्यक्त गरे ।  हिन्दु धर्म, राजसंस्था र नेपाली सेनाको संयुक्त प्रयासबाट नै विश्वमा नेपाल भन्ने स्वतन्त्र राष्ट्र को रक्षा भएको भन्दै उनले कुनैपनी बिदेशी षड्यन्त्रलाई परास्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सक्षम रहेको जिकिर गरे । हिन्दुधर्म, राजसंस्था र नेपाली सेनालाई संरक्षण गर्ने उद्देश्यले  स्थापना गरिएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  बिभाजित गराउन पटकपटक बिदेशी डिजाइनमा आक्रमण प्रयास गरिएको इतिहास स्मरण गर्दै नेता गिरिले नव एकीकृत राप्रपालाई कसैले हल्लाउन नसक्ने जिकिर गरे । हिन्दुधर्मको पवित्र ग्रन्थ गिताको कसम खाएर पार्टी एकीकरण गरिएकोले पार्टी फेरि पनि फुट्लाकि भन्ने तर्क गर्न आवस्यक नरहेको बताए । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णय स्वागत योग्य भएको बताए । 
कार्यक्रममा बिशिस्ट अतिथि तथा पार्टीका झापा जिल्ला अध्यक्ष अम्बर बिष्टले एकीकरण संगै पार्टी कार्यकर्ताहरुमा समेत जिम्मेवारी थपिएर गएकोले संगठन सुदृढीकरण गर्न सकेमा राप्रपाले आगामी निर्वाचनमा राम्रो जनमत पाउने संकेत देखिदै गएको बताए । 
समारोहमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल, वाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङ लगायतको उपस्थिति रहेको थियो । 
नगरपरिचालन समितिका संयोजक देवेन्द्र खड्काले सहजीकरण गरेका थिए भनें राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगरसमिती अध्यक्ष शान्तिराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रमको सञ्चालन सचिव रमेशकुमार थापाले गरेका थिए । 
तीन पार्टी एकीकरण भए संगै आगामी बैशाखमा राष्ट्रिय अधिवेशन गर्ने तैयारी साथ जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तल्लो तहका समितिहरु गठनलाई समेत निरंतरता दिदै आएको छ । फागुनभरमा स्थानीय तहमा हुने सबै खाले समितिहरु गठन गर्ने लक्ष लिएको राप्रपाले स्थानीय र क्षेत्रीय तह सम्पन्न गर्ने बित्तिकै ७ प्रदेश र ७७ वटै जिल्लामा कार्यसमिति गठनलाई तिब्रता दिएको बताइएको छ । पार्टी एकीकरण संगै राष्ट्रिय अधिवेशनको मिति समेत घोषणा भइसकेकाले संगठन विस्तार अभियानलाई तिब्रता दिइएको जनाइएको छ । 
Views: