d

शान्तिको लागी गद्दी त्याग गर्ने भगवान गौतम बुद्ध पछि दोस्रो व्यक्ति राजा ज्ञानेन्द्र- राजेस गिरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समिति को आयोजनामा वडा नं. ३ र ७ मा  वडा अधिवेशन  सम्पन्न गरिएको छ । दुबै वडामा छुट्टाछुट्टै भएको कार्यक्रम बाट २१/२१ सदस्यीय वडा समिति सर्वसम्मतले  चयन गरिएको छ ।  वडा नं. ३ मा सम्पन्न कार्यक्रम बाट चिरञ्जीवी पौडेलको संयोजकत्वमा २१ सदस्यीय वडासमिति गठन गरिएको छ । 
यसैगरी वडा नं. ७ मा इन्द्रबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय वडा समिति  गठन गरिएको जनाइएको छ ।  
दुबै वडाका अधिवेशनहरु पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पुर्व सह-महामन्त्री राजेश गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा सम्बोधन गर्दै युवा नेता गिरिले २०६२/०६३ सालको कथित जनआन्दोलनको नाममा राजसंस्था हटाउने षड्यन्त्रले राष्ट्र र राष्ट्रियता प्रती गम्भीर क्षति पुगेको बताए ।  शान्तिको लागी गद्दी त्याग गर्ने भगवान गौतम बुद्द पछि दोस्रो ब्याक्ती राजा ज्ञानेन्द्र नै भएको बताए ।  राजसंस्थालाई षड्यन्त्रपुर्वक जबर्जस्ती हटाइएको भन्दै नेता गिरिले कम्युनिस्ट र कांग्रेस बाट मुलुकको रक्षा हुन नसक्ने  जिकिर गरे । जनयुद्ध बाट परिवर्तन ल्याउछु भन्ने माओवादीहरुका कारण मुलुक गम्भीर संकटमा भासिएको भन्दै अब हिन्दुधर्म सहितको राजा र  जनता मिलेर मात्र मुलुकको रक्षा हुनसक्ने ठोकुवा गरे । 
 बिशिस्ट अतिथि तथा पार्टीका झापा जिल्ला अध्यक्ष अम्बर बिष्टले राजसंस्था र हिन्दुधर्म एकताको प्रतीक भएको भन्दै संघीयताको बोझ थेग्न नसक्ने भएकोले तत्काल खारेज गर्नुपर्ने जिकिर गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको एजेन्डा हिन्दुधर्म सहितको राजसंस्था राष्ट्र र राष्ट्रियताको पक्षमा रहेकोे बताए । पार्टी एकीकरण भइसकेकोले राप्रपा बलियो शक्ति हुने कुरामा निश्चित रहन आग्रह गरे । नेकपा र कांग्रेसको द्वैध चरीत्रले मुलुक भ्रष्टाचारको अखडा भएको बताए । आगामी बैशाख २५ / २८ मा सातौ राष्ट्रिय अधिवेशन आह्वान गरिएकोले पार्टीको संगठनिक संरचनालाई  तीब्र रूपमा बढाइएको बताए । राप्रपा प्रवेशको लहर मुलुकभर उल्लेख्य रूपमा बढ्दै गएकोले राप्रपा बलियो  पार्टी हुने विश्वास व्यक्त गरे । ढाड सेक्नेगरी कर उठाइएको करले कहिले सम्म संघीयता थेग्ने?  प्रश्न गरे।  प्रदेश सरकारको औचित्य सकिएको बताउदै स्थिर केन्द्रिय सरकार तथा बलियो र अधिकार सम्पन्न  स्थानीयतह निर्माण गर्नुपर्ने प्रस्ताव राप्रपाले उठाउन थालेको जिकिर गरे । 
कार्यक्रममा महिला संगठन केन्द्रिय सदस्य भरिपूर्ण राई, झापा जिल्ला सहसचिव युवराज चुडाल, गौरादह नगरसमिती अध्यक्ष शान्तिराम पौडेल, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा पार्टी जिल्ला सदस्य खेम तिम्सिना, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन क्षेत्र नं ५ अध्यक्ष सान नेपाल, नगरपरिचालन समिति संयोजक देवेन्द्र खड्का लगायतको उपस्थिति रहेकोे थियो ।   
 
 वडा युवक समिति  तथा महिला समिति गठन 
सोही अवसरमा वडा नं. ७ को वडा अधिवेशन बाटै दिपक बिष्टको संयोजकत्वमा १५ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको वडा समिति समेत गठन गरिएको छ । त्यसैगरी दुर्गा देवी दाहालको संयोजकत्वमा १५ सदस्यीय  राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको वडा समिति गठन गरिएको महिला संगठन केन्द्रिय सदस्य भरिपुर्ण राईले बताइन् । 
नगरपरिचालन समितिका संयोजक देवेन्द्र खड्काले सहजीकरण गरेका थिए भनें राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नं. ७  वडा अध्यक्ष इन्द्रबहादुर राईको  सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव भुपेन्द्र निरौला  र बाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङले गरेका थिए । 
Views: