d

ब्रेकिङ न्युज: के गौरादह खानेपानीमा घोटाला भएकै हो ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गौरादहमा करिब ३२ लाख बराबरको घोटाला भएको तथ्य बाहिरिएको छ । उक्त कार्यलयमा कार्यरत एकजना कर्मचारीबाट अनधिकृत रूपमा सफ्टवेयरलाई नै तोडमोड गरेर आर्थिक हिनामिना गरेको रहस्य खुलेको हो । यश सम्बन्धमा सत्यतथ्य के हो भनी बुझ्न खोज्दा समितिले पनि उक्त कुरा भर्खरै मात्र जानकारी पाएकोले आन्तरिक रूपमा अनुसन्धान प्रारम्भ गरिएको अध्यक्ष बाबुराम भण्डारीले बताएका छन् । 'हामैले हिसाब हेर्न सुरु गरिसकेका छौँ, सत्यतथ्य बाहिर आउने छ ।', पर्दाफास संगको छोटो टेलिफोन कुराकानीमा भण्डारीले बताए । 
यस सम्बन्धि थप फलोअप निरन्तर रहने छ । 
Views: