d

गौरादह खानेपानी: बिज्ञ सहितको छानबिन समिति गठन, कर्मचारी निलम्बित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा:  गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कार्यालयका कर्मचारी  प्रेम सिवाकोटीलाई निलम्बन गरेको छ । अनियमित बारे टुंगोमा नपुगे सम्म उनलाई कामको जिम्मेवारी नदिइने गरि निलम्बन गरिएको र उक्त कुरा प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरिने समेत जनाइएको छ ।  सफ्टवेयरको डाटा नै डिलिट गरि आर्थिक अनियमितता गरेको आशंकामा आवस्यक अध्ययन गर्न भन्दै सिवाकोटीलाई निलम्बन गरिएको उक्त संस्थाका सचिव डन्डिराज घिमिरेले पर्दाफासलाई जानकारी गराएका छन् । 
 स्वच्छ पिउनेपानी वितरण गर्ने उद्देश्य साथ स्थापना गरिएको गौरादह खानेपानी जस्तो पवित्र संस्थामा अनियमितता भएको खबर एकाएक बाहिरिए संगै सर्वत्र चर्चा , चिन्ता र  चासोको विषय बनेको छ । 
यसैबीच हिजो मंगलबार बसेको आकस्मिक बैठकले    पुर्व लेखा संयोजकद्वय जुद्व बिष्ट र भुपाल कार्की, शुभलक्ष्मी सहकारीका व्यवस्थापक तिलक कार्की तथा लेखाविद् भिम विजय वास्तोला सहितको ४ सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरिएको बताइएको छ । कर्मचारीलाई लेखा सम्बन्धि ज्ञानको अभावमा समस्या देखिएको, आर्थिक कुरा भएकोले यसप्रति अझ बढी चिन्तित भएर आफुहरु लागि परेकाले केही समय धैर्यधारण गरिदिन समेत सचिव घिमिरेले आग्रह गरेका छन् । 
'हामी चिन्तित छौँ, सबैकुरा छानबिन गरिसकेर पत्रकार सम्मेलन मार्फत आम उपभोक्तालाई जानकारी गराउने छौँ ।', सञ्चारकर्मी संग संक्षिप्त कुरा गर्दै सचिव घिमिरेले आजै प्रेस बिज्ञप्ती जारी गर्ने तैयारी रहेको बताए । 
 अनियमितता भएको नभएको विषयमा उक्त समितिले यथासिघ्र छानबिन गरि प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।
 
साउन भन्दा अगाडीको अडिट नहुने 
गत असार मसान्त सम्मको स्वतन्त्र लेखापरीक्षण बाट अडिट हइसकेकोले साउन पछाडीको मात्र अडिट हुने संस्था संचालकहरुले बताउदै आएका छन् । यद्यपि स्वतन्त्र छानबिन समितिले राय बुझाएपछि बाह्य लेखा परिक्षक द्वारा पुन: लेखा परिक्षण गराउने भनी रहदा साउन महिना भन्दा अगाडीको हिसाब किताब पुन: परिक्षण नगर्ने हो भने संस्था माथी जनविश्वास कायमै रहला त ? भन्ने सवाल पनि उत्तिकै चर्चामा रहेको देखिन्छ । 
सामान्यतया स्वतन्त्र लेखापरीक्षकहरुले कुनै पनी संस्थाको लेखा परिक्षण गर्दा आंशिक रूपमा अर्थात यदि १२ महिनाको परिक्षण गर्नु परे बिचका ३ देखि ४ महिनाको डाटा हेरेर प्रतिवेदन तैयार गर्ने गरेको पाइन्छ । यसरी  लेखा परिक्षण गर्दा सहि तथ्यांक आउँछ आउदैन भन्ने विषयमा  गम्भीर बहस गर्नुपर्ने विश्लेषकहरु बताउछन् । 
Views: