d

प्रधानमन्त्री ज्यू , राजसंस्था ल्याउन पहल गरौँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
जनकराज  पाठक
सम्माननिय प्रधानमन्त्री ज्यु को नाममा।
    प्रधानमन्त्री ज्यू सादर नमस्कार।
तपाईं भन्दा राजनीतिमा फरकमत राख्ने एक दलको कार्यकर्ता को हैसियत ले केहि लेखेको छु।
लामो वहस,छलफल,पक्ष,विपक्षका तर्क जनताको मत समेत सवैको प्रस्तुति पछि संविधान को व्याख्या गर्दै सम्मानित सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिदियको छ।यसवाट मुलुकमा संविधानवाद लागु भयको छ।शक्ति पृथकिकरणको सिद्धान्त स्थापित भयको छ।
 यसले संविधान भन्दामाथि कोहि नरहने र भविष्यमा कसैले आफुलाइ संविधान भन्दामाथि देखाउने धृष्टता गरेमा नियन्त्रित हुने नजिर वसालिदियको छ।
        यो सैद्धान्तिक दृष्टिकोण लाइ राप्रपा ले स्वागत गरेको छ,समर्थन गरेको छ।संविधान भित्र का व्यवस्था लाइ स्वागत गर्नु पनि पर्छ।यहा प्रस्न व्यक्ति संग भन्दा नि सिद्धान्त संगको हो,संविधानवाद संगको हो।
प्रजातन्त्र को सुन्दरता नै कानुनि राज्य हो।व्यक्तिगत रुपमा कसैको मिठो वोलि र सम्वन्ध भन्दा सैद्धान्तिक दृष्टिकोण लाइ परिभाषित गर्दै आजको दिनमा अगाडि वढनु पर्ने वास्तविकता हो।
     नेपाली राजनीतिका आउने दिनहरु अझै अन्योलपुर्ण देखिन्छ।आफ्ना आधारभुत निति असफल भइसकेपछि प्रधानमन्त्रीले स्वत राजिनामा दिनु पर्ने हो तर संसदमा पेस हुने र त्यहीँबाट हुने निर्णय मान्ने प्रधानमन्त्रीको भनाइ लाइ सम्मान गर्नै पर्छ।
अव संसदभित्र गणित का खेलहरु सुरु हुन्छन।हुन त संसद गणित ले नै चल्छ तर संसद भित्र गणितका लागि घृणित खेलहरु हुनथाल्यो भने अनि गणितले सहि रुप लिन सकेन भने संविधान असफल हुने पक्का छ त्यसवारे खेलका प्रमुख खेलाडी हरुले वेलैमा सोच्नु पर्छ।
प्रमुख खेलाडी ले अन्य खेलाडी लाइ पछार्न खोज्दा आफुपनि पछारिने अवस्थालाइ समेत ध्यान दिनु जरुरि छ।एक शक्ति ले अर्को शक्ति लाइ निषेध भन्दा पनि सवैको आजको आवश्यकता हो।
       भन्ने गरियको ठुलो क्रान्ति र परिवर्तन पछि आयको संविधान किन यति चाडै असफलता तिर जादैछरुयस्तो भडखालो किन आयोरुयो गम्भीर प्रस्न हो।
अवको राजनीतिक वहस यहि विन्दुवाट सुरु गर्नु पर्छ।
संविधानको संरक्षक र पालकको रुपमा रहेको राष्ट्रप्रमुखको पद र भुमिका निष्पक्ष भयको भय सायद यो दिन आउदैन थियो होला।
हाम्रो माहामहिम राष्ट्रप्रमुख ले पुराना नजिरहरुको अध्ययन वा तत्काल श्रृजित घटनाहरुको विषयमा पदको गरिमा राख्दै गहिरो अनुसन्धान गरि निर्णय गरिदियको भय आज राजनीति अन्योलग्रस्त हुदैन थियो।
        कल्पना गरियको निष्पक्ष संस्था आज दल,दलभन्दा नि गुट,गुटको नि उपगुटको नियन्त्रणमा रहेको छ।अझ भन्दा कार्यकारी को एक इकाइ सरह हुन पुगेको छ।
आखा चिम्लियर महोदयले अनुमोदन गरिदियको विषय र त्यसलाई गलत ठहर गरि आयको आदेश ले उहाको न‌ैतिक धरातल माथि प्रस्न उठेको छ।पटक,पटक विवादमा आइरहने उहाको निर्णयले प्रजातन्त्रको आधार स्तम्भमाथि प्रहार गरेको छ।प्रजातन्त्रको जग कमजोर वनायको छ।
     यस परिवेशमा राप्रपा ले राष्ट्रप्रमुख मा राजसंस्था रहनुपर्छ भनि गर्दै आयको वकालत थप सान्दर्भिक देखियको छ।संविधान को परिधिभित्र रहनेगरि निष्पक्ष संस्थाको रुपमा राजसंस्था लाइ स्थापना गर्न सकियो भने यसले प्रजातन्त्र लाइ मजवुद वनाउछ।हिमाल,पाहाड,तराइ,सवै भेगका नागरिकले सम्मान गर्ने संस्थाको रुपमा राजसंस्था स्थापना गरेर प्रजातन्त्र लाइ थप सुदृढ वनाउने राप्रपाको मुल विषयमा ध्यान दिउ प्रधानमन्त्री ज्यु,
 सवै राजनीतिक दल मिलेर अव यो विषयमा छलफल सुरु गरौ।
     मुलुक निर्माणमा अतुलनिय योगदान गरेको राजसंस्था लाइ हिजो हामिले विदेशी को इसारामा होस वा कसैको कुण्ठाको कारण हटायर गम्भीर गल्ती गरेका छौ।आज इतिहासले त्यो गल्ती स्विकार्ने र सुधार्ने अवसर सवै राजनीतिक दलहरु लाइ दियको छ।
      सवैले मान्ने गरेको आदर्सपुरुष प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्रप्त गरेका स्व।विपी कोइराला लाइ मनैदेखि सम्झने दिन आयको छ।व्यक्तिगत रुपमा आफुले राजसंस्थाको कारण दुख पाय पनि वृहत नेपाली राष्ट्रिय हितको निमित्त किन उनले जिवनभर राजसंस्थाको पक्षमा वकालत गरे आजको पिढिले त्यो विर्सन हुन्न।
इतिहास सधै भविष्यको मार्गदर्सन भयर रहन्छ।
    यो सत्यलाइ आत्मसात गर्दै प्रजातन्त्र वचाउन र मुलुक लाइ प्रजातान्त्रिक माध्यमवाट विकासको युगमा लान सवैले पुराना रिस,राग,कुन्ठा त्यागेर राष्ट्रप्रमुखमा राजसंस्था रहने गरि वृहत सहमति कायम गराउन छलफलको सुरु गरौ प्रधानमन्त्री ज्यु।
        मुलुक को ठोस आवस्यकताको ठोस विष्लेषण गरि प्रजातन्त्र लाइ थप वलियो र मजवुद वनाउदै अगाडि वढनुपर्ने गम्भीर दायित्व यतिवेला क्रियासिल राजनीतिक दलहरुको काधमा आयको छ यस परिवेशमा लडाइको मोर्चा आफैले सम्हाल्द‌ै परिवारका धेरै सदस्यहरु गुमाउदा समेत हरेस नखाइ मुलुक निर्माणमा योगदान पुरायका,प्रजातन्त्र स्थापनार्थ गद्दी दाउमा लगायका,विदेशी हरु सामु कहिले लम्पसार नपरेका,मुलुक लाइ पटक,पटक उपनिवेश हुनवाट जोगायका,गद्दी त्याग गर्दा समेत पत्रकार सम्मेलन गरेर पाखा लाग्न सक्ने क्षमता प्रस्तुत गरेको शक्ति लाइ पुनःस्थापना गरेर प्रजातन्त्र लाइ थप वलियो वनाउद‌ै वृहत राष्ट्रिय हितमा अगाडि वढनको निमित्त सवैदलहरुमा चेतना आवस।
    जयराष्ट्रवाद
Views: