d

गौरादह १ ले गर्यो ९३ परिवारको निशुल्क स्वास्थ्य बिमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा नं. १ मा विपन्न स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिएको छ । उक्त वडा भित्र  अति विपन्न र दिर्घरोगी गरि कुल ९३ जनाको स्वास्थ्य बिमा आज सम्पन्न गरिएको छ । 
स्वास्थ्य बिमा गर्नको लागि विभिन्न कारणले पछाडी परेका घरपरिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको वडा अध्यक्ष नगेन्द्र भण्डारी बताउनु हुन्छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रती परिवार ३५ सय तोकेकोमा साझेदारी  कार्यक्रम अन्तर्गत  वडा कार्यालयले प्रती परिवार नगद २८ सय उपलब्ध गराएको वहाँको भनाइ रहेको छ ।  निम्न आय भएका वा अति विपन्न वर्गमा पर्ने तथा विभिन्न रोगले ग्रस्त भइ उपचार गराउन समेत समस्यामा परेका परिवारलाई आगामी कार्यक्रममा समेट्दै जाने योजना रहेकोे  वडाअध्यक्ष भण्डारीको भनाइ रहेको छ । 

 

Views: