d

'विप्लव' अचानक नवलपरासीमा देखिएर काठमाडौ तर्फ लागे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ — नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् ।

उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् ।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन् । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । भूमिगत रूपमा रहँदै आएका चन्द करिब दुई वर्षपछि सार्वजनिक भएका हुन् ।
उनले बिहीबार बेलुकी साढे ११ बजे देवचुली नगरपालिका–१२ गैडीस्थित सहिद फूलमाया सारु मगरको परिवारलाई भेटेका थिए । त्यहाँबाट उनी बिहान ५ बजे काठमाडौंतिर लागेका छन् । उनीसँगै अर्का नेता बालानन्द कीर्ति र पार्टीका कार्यकर्ताहरू पनि छन् । चन्द प्रहरीको एस्कर्टिङमा काठमाडौंतर्फ लागेका हुन् ।
Views: