d

नेपाल समुहले नयाँ प्रस्ताब उठायो, मान्लान त ओली ले ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई दुईवटा पार्टीमा रुपान्तरण गरिदिएपछि  एमाले भित्रको माधवकुमार नेपाल समूहले तीन वटा एजेन्डालाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । 
बुधबार काठमाडौंमा भएको भेलामा नेपाल समूहका केन्द्रीय सदस्यहरुले वामपन्थी सरकारको निरन्तरता, एमाले एकढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति बनाएका छन् ।
 बामपंथी बिचारधारा बोकेका दलहरूलाई एकताबद्ध गराउदै अगाडी बढ्नुपर्नेमा उनीहरुको जोड छ । तत्कालको समस्या टार्न प्रधानमन्त्री के.पी. ओलीले जनता समाजवादी संग मिलेर सरकार बनाउने आसय व्यक्त गरे पछि नेपाल समुहको भेला बाट अब बन्ने सरकार कम्युनिस्ट घटकलाई नै समेटेर बनाइनुपर्नेमा अडान लिइने बताइएको छ । 

 

Views: