d

गौरादह २ मा २०४१ जनाले बुझाए बायाेमेट्रिक विवरण, वृद्धवृद्वाको कोरोना खोप चैत्र १ बाट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 युबराज रेग्मी 
फाल्गुन २७ ,गौरादह /
    झापाको गौरादह नगरपालिकामा "रास्टिय परिचय-पत्र "का निम्ति आवस्यक तथ्यांक संकलन कार्य सन्चालित छ ।
नेपाल सरकार पञ्जिकरण बिभाग द्वारा नेपाली नागरिक हरुका निमित्त नि:शुल्क रुपमा बितरण गरिन लागिएको डिजिटल सुबिधा युक्त परिचय-पत्रका लागि देशभरका ७५३ वटै पालिकाहरुमा घुम्ती  शिविर मार्फत बिबरण संकलन कार्य जारी छ ।
 
      गौरादह नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा   नेपाल सरकार  पञ्जिकरण बिभाग द्वारा  देशब्यापी रुपमा संचालित  राष्ट्रिय  परिचय- पत्र तथ्यांक बिबरण दर्ता कार्यक्रम अन्तरगत गौरादह नगरपालिका वडा न २ मा  २०७७/११/२६ गते बुधबार  सम्ममा २०४१ जना वडाबासी हरुले आफ्नो बिबरण बुझाएका हुन् ।
बिबरण संकलन लाई सुब्यबस्थित गर्न  वडाले टोल बिकास समिती परिचालित गरि  कुपन बितरण गरि सेवा लाई ब्यबस्थापन गरेको छ । 
 गत २२ गते  सनिबार र २४ गते (  मे ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ) नारी दिवसको सार्बजनिक बिदाको दिनमा पनि  वडा बासिलाई सेवा प्रबाहमा सहजता प्रदान गर्ने  उधेस्यले सेवा प्रवाह गराइएको वडा अध्यक्ष हेमन्त कार्किले बताए ।
 
     बिबरण संकलन अन्तरगत फाल्गुन ११ गते  मंगलबार देखि आज २६ गते बुधबार  सम्ममा  जम्मा २०४१ जनाको तथ्यांक   बिबरण दर्ता गरिएको   वडा सचिब दीपा दाहालले  ग्रामिण पत्रकार मञ्च गौरादह लाई जानकारी गराएकि छ्न ।
भोलि २७ गते  हिन्दु  हरुको महान पर्व शिव रात्रि तथा २९ गते सनिबार परेकोले २७ , २८ र २९ गते राष्ट्रिय परिचय पत्र अन्तरगतको तथ्यांक संकलन कार्य स्थगन गरिने  तथा २८ गते वडा अन्तरगतका अन्य नियमित सेवा मात्र संचालन गरिने वडाबाट जारी सूचनामा उल्लेख छ ।
साथै चैत्र १  गते आइतबार बाट  पुन: राष्ट्रिय परिचय-पत्रका निम्ति आवस्यक तथ्यांक  बिबरण संकलन गरिने वडा बाट जारी  सूचनामा उल्लेख गरिएको  छ ।
 
      त्यसै गरि मिति २०७७।१२।१ गते देखि गौरादह नगरपालिका भित्रका ६५वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोरोना विरूद्धको खोप लगाउने  कोरोना भाइरस बिरुद्धको खोप कार्यक्रम  अन्तरगत  चैत्र १ गते बाट वडा न २ को सरस्वती आधारभुत बिद्यालय केन्द्र   र गौरादह बजार चोक गरि दुई वटा केन्द्र मार्फत खोप कार्यक्रम संचालन गरिने वडा अध्यक्ष हेमन्त कार्किले  ग्रामिण पत्रकार मञ्च गौरादह लाई जानकारी दिएका छ्न  ।
     कोरोना बिरुद्दको खोप कार्यक्रम  चैत १ गते देखि ४ गते सम्म तोकिएका केन्द्र बाट तथा उक्त समयावधिमा छुट हुनेहरुकालागि चैत्र ५ गते स्वास्थ्य केन्द्र बाट खोप सेवा प्रदान गरिने बताइएको छ । 
Views: