d

जनता समाजवादीको निष्कर्ष: ओली संग सत्ता साझेदारी गर्नु घातक pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्दाफास, फागुन २७ झापा: जनता समाजवादी पार्टीभित्र ओलीसँग सत्ता समीकरण गर्न नहुने मत बलियो देखिएको छ । तत्कालको फाइदाका लागि सिंगो राजनीतिक कोर्स नै उल्टो दिशामा लैजान भूमिका खेल्न नहुने भन्दै अग्रगमनका पक्षमा पार्टी उभिनुपर्ने मत बलियो देखिएको हो ।
जसपाभित्र नेता महन्थ ठाकुरलगायत केहीले ओलीसँग मिल्नुपर्ने मत राखेपनि त्यो व्यक्तिगत महत्वाकांक्षा पूर्ति गर्ने रणनीति मात्रै भएको भन्दै आलोचना समेत भएको छ ।
जसपाको संसदीय दलमा भएको छलफलमा राजनीतिक एजेण्डाका हिसाबले एमाले नभई माओवादीसँग मिलेर सत्ता सहकार्य गर्नुपर्ने कुरा उठेको थियो ।
ओलीले नै जसपा विभाजन गर्न खोजेको, संघीयता खारेज गर्न खोजेको र देशलाई २०४७ तर्फ लैजान खोजेको भन्दै बहुमत नेताहरुले ओली प्रवृत्ति घातक भएको निश्कर्ष निकालेका थिए ।

 

Views: