d

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विरोध प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बगदाद : इराकको राजधानी बगदादमा अमेरिकी सेनालाई फिर्ता पठाउनुपर्ने माग गर्दै सयौँ मानिसहरुले विरोध प्रदर्शन गरेका छन् ।

यस वर्षको सुरुमै संसदले अमेरिकी सेना फिर्ता पठाउने भन्दै गरेको निर्णय पालना गर्नुपर्ने उनीहरुको माग छ । ‘संसदको म्यान्डेट पालना नगरिए हामी प्रतिरोधमा जान्छौँ,’ प्रदर्शनकारीहरुले बोकेका ब्यानरमा लेखिएको थियो । यस्तै सरकार विरोधी प्लेकार्ड सहित उनीहरुले विरोध गरेका हुन् ।

राजधानी बगदादस्थित अमेरिकी दूतावास रहेको ठाउँ ग्रीन जोनमा उनीहरुले प्रदर्शन गरेका थिए । जुन ठाउँ दूतावास छिर्ने र उच्च सुरक्षा व्यवस्था गरिएको सुरक्षित ठाउँ मानिन्छ । यस्तै प्रदर्शनको क्रममा इरान समर्थित सशस्त्र समूहका व्यानर पनि देखाइएका थिए । गत वर्षको जनवरीमा अमेरिकी हमलाबाट इरानी जेनरल कसाम सोलेमानी मारिएपछि इराकको संसदले सबै विदेशी सेना फिर्ता पठाउने निर्णय गरेको थियो ।

२०१४ देखि नै अमेरिकाले इराकमा आईएसविरुद्ध लड्न भन्दै हजारौँको संख्यामा सेना पठाइसकेको छ । तर पछिल्लो केही महिनायता अमेरिकाले ३ हजार सैनिक फिर्ता लगिसकेको छ ।

Views: