d

माओवादीले आगजनी र विष्फोट गरेको घरको क्षतिपूर्ति मैले लिएको छैन- महामन्त्री लिङ्गदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 पर्दाफास, फागुन २७ झापा: राप्रपा महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्ग्देनले द्वन्दका बेला माओवादीले आगजनी र विष्फोट गरेको तर आफुले  घरको क्षतिपूर्ति नलिएको स्पष्ट पार्नु भएको छ । द्वन्दका बेला आगजनी र विस्फोट गरेको  घरको क्षतिपूर्ति लिएको भन्दै केही व्यक्तिहरुले हल्ला फिजाएको सम्बन्धमा महामन्त्री लिङ्गेदनले उक्त कुरा बताउनुभएको हो । वहाँ केही महिना अगाडी बिरामी भएको बेला समेत राज्यबाट कुनै आर्थिक सहयोग नलिएको बताउनु भएको छ । 
 लिङ्ग्देनले भन्नू भएको छ , 'केही साथीहरूलाई उहिले द्वन्द्वका बेला  माओवादीले आगजनी र विष्फोट गरेको मेरो घरको क्षतिपूर्ति र अस्ति भरखर बिरामी हुँदा राज्यकोषबाट सहयोग लियो भन्ने भ्रम रहेछ। मैले उहिले र अहिले कहिल्यै पनि क्षतिपूर्ति र उपचार खर्च नमागेको र नलिएको स्पष्ट पार्छु।' 
महामन्त्री लिङ्गदेन झापा गोलधापका स्थायी वासिन्दा हुनुहुन्छ । तत्कालीन माओवादी सशस्त्र द्वन्दका समयमा वहाँको घरमा आगजनी र विस्फोट  गराइएको थियो । माओवादीले हिंसात्मक द्वन्दको बेला उक्त आगजनी गराएका थिए । आगजनी बाट क्षतिग्रस्त भएको घरलाई महामन्त्री लिङ्गदेनले हालसालै मर्मत गरेर सोही घरमा बस्दै आउनु भएको छ । 
Views: