d

प्रतिक्रियावादी सल्बलाउदै छन्, हाइ अलर्टमा बस्नुस् - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापित भए संगै प्रतिक्रियावादीहरु सल्बलाउन थालेको बताएका छन् । 
बुटवलमा शुक्रबार अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै दाहालले षड्यन्त्रबाट बच्न नेता तथा कार्यकर्तालाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका हुन् । ‘लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन षड्यन्त्र भइरहेको छ । प्रतिक्रियावादीहरु सलबलाइरहेका छन्,’ उनले भने, ‘हामीले रिल्याक्स गर्ने र काम पूरा भएको सोच्ने गर्नु भएन । हाई अलर्टमा बस्नुपर्ने छ । पूरै चनाखो बन्नुपर्ने छ ।’ कान्तिपुरमा खबर छ । 
Views: