d

कन्ट्याक ट्रेसीङ्गलाइ व्यापक बनाउदै सरकार, प्रत्यक टोलमा निगरानी समूह गठन गरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – समुदायमा संक्रमण फैलिदै गए पछि सरकारले कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन कार्यलाइ व्यापकता दिने भएको छ।  सरकारले कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको हो  । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले बताएका छन्।  

यस कार्यको थालनी पहिलो चरणमा उपत्यकाका प्रत्येक वडामा  कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर  ट्रेसिङलाई व्यापक बनाउने बताइएको छ।  हाल  काठमाण्डाै  उपत्यकामा १५ वटा  कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ​ गरिरहेका थिए । ४ सय ६० गाउँपालिकामा ४ सय ६०, २ सय ७६ नगरपालिकामा ५ सय ५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  सरकारले पहिले काठमाण्डाै उपत्यकामा  ट्रेसिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।

मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उहाँले बताइएको छ  । प्रत्यक समूहमा ५ देखि ७ जना मात्र  रहने छन् । 

समूहले कोभिड–१९ सँग सम्बन्धि व्यक्तिलाई अस्पताल पुर्याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन । 

Views: