d

स्व. गेहनाथ नेपालको संक्षिप्त जीवनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भावपुर्ण श्रद्धाञ्जली 
ज्योतिषी पण्डित  गेहनाथ नेपाल 
गौरादह १ सनराइज टोल सम्पर्क - ९८४१७६१७८८


जन्म: बि. सं.१९८७ साल माघ ८ गते बुधबार 
जन्म स्थान: ताप्लेजुङ फुङ्लिङ गाउँ पन्चायत वार्ड नं. ३
स्वर्गारोहण : २०७७/चैत ११ गते बुधबार, नोवेल हस्पिटल बिराटनगर 

जिल्ला ताप्लेजुङ निवासी तत्कालीन फुङ्लिङ गाउँ पन्चायत वार्ड नं. ३ मा पिता काशिनाथ र आमा मन्दोधरा नेपालका काइला छोरा । 
अध्ययन: काशी बनारस हिन्दु विश्वबिद्यालय बाट  ज्योतिष शास्त्रमा आचार्य तथा कर्मकाण्डी शिक्षामा शास्त्री पारंगत  ।
वैवाहिक बन्धन: २०१७ साल बैशाख १७ गते भोजपुर पौवा खेसाङ निवासी पिता  होमनाथ भट्टराई  तथा माता पुर्णमायाकि  माइली सुपुत्री सुभद्रा भट्टराई  संग २०१७ साल बैशाख १७ गते बिबाह बन्धनमा बाधिनु भएको थियोे । अध्यापनको क्रममा खोटाङ सदरमुकामको सरस्वती बिद्यापिठ पाठसाला स्थापना गरि २०१८ देखि २१ सम्म पठन पाठनको क्रममा रहदै बस्दै जादा बिभेदपुर्ण राजनीतिक कारणले सो स्थान छोडी अन्त्यमा बारजिल्ला आसामको ग्वाबारी भन्ने स्थानमा रहि गृहस्थ जीवनयापन गर्दै रहदै र बस्दै गर्दाको क्रममा भुटान, बर्मा लगायतका मुलुकमा समेत पुग्नु भएको तथा पुनः आफ्नै मातृभुमीको माया ममता एवम् जीवन निर्वाहलाई स्थायित्व दिन २०२७ सालमा झापा धुलाबारी नागरडुब्बाको नेपाल टोलमा बसाई आएको र स्थायी बासस्थानको खोजीको सिलसिलामा झापा महारानी झोडा  ५ धरधरेमा बस्दै आउनु भएका हाम्र प्रात: स्मरणीय पिताजी द्वन्द कालमा पनि आफ्नो गाउँघर आफै बनाउ भन्ने कार्यमा अगुवाइ गरि विभिन्न बाटाघाटा, कुलकुलेसा, पहिनी, कुलो निर्माण कार्य देखि धार्मिक कार्य दान दातव्यमा अति रुचि राख्ने दानबिर र मृदु भाषी भनेर चिनिने गुरु बाट भद्रकाली मा बी स्थापना गर्न कृयाशिलहुँदै  १ कठ्ठा जग्गा र ५१ हजार नगद दान दिनुभएको, मानव धर्म सेवा समितिको नाममा गोप्यदान साथै १ कठटा भुमी दान, गौरादह ४ मैदानघोपामा रहेको पाथिभरा मन्दिर स्थापनाको लागि गोप्यदान एवम् अमुल्य योगदान पुर्याएको, गौरादह ४ मिर्मिरे चोकको किरातेश्वर शिवालय मन्दिर निर्माण एवम् १८ वर्ष हरिकिर्तन मण्डलीको अध्यक्षको जिम्मेवारी पूरा गरेको, गौरादह ४ कै शिद्देश्वर  शिवालय मन्दिर  निर्माण कार्यमा संस्थापक सदस्यको हैसियतले निर्माण कार्यको अगुवाई गरि पटक पटक पुराण लगाउने क्रममा वाचकीको भुमिका निभाउनु भएको, विगत समय सापेक्ष नेपाल सनातन धर्म सेवा समिती झापा जिल्ला उपाध्यक्ष पदको जिम्मेवारी जिल्लामा धर्म अवलम्बनको प्रवचन समेतको ज्ञान ज्योति छर्दै आउनुहुने हाम्रा अविस्मरणीय धरोहर, मृदुभाषी अभिभावक  बंगाली, हिन्दी, आसामे, लिम्बू जस्ता भाषामा अत्यन्तै मिठास भरेर कुराकानी गर्न सक्ने विषेश क्षमताका हुनुहुन्थ्यो ।  अत्यन्तै हसिला र दुरदर्शि अभिभावक हाम्रा पिताजी आफ्ना छोरा बुहारी नातिनातिना २०५८ साल देखि अमेरिकाको कोलोराडो राज्यमा स्थायी बसोबास गरि व्यवसाय गर्दै आएका छोरा पुरुषोत्तम बुहारी शुसिला नातिहरु सन्जय र प्रज्वल संग  भेट्घाट गर्ने क्रममा ६ महिना आफ्नो धर्मपत्नी सहित अमेरिकाको भ्रमण गर्नुभएको थियो । 
सन्तान : ४ छोरा / ३ छोरी 
नाति ८ नातिना:  १०
पनाती: ८  पनातिनी ४ 
नातिनी ज्वाइँ - ७ जना 
जम्मा ५१  सन्तानका धनी 

प्रात: स्मरणीय पिताजीको सरासर गोलोकको बासको कामना गर्दै जिवित आत्माको आत्माशान्तिको कामना गर्दछौं ।

छोरा बुहारी 

रामप्रसाद नेपाल 
पुरुषोत्तम + शुसिला (ढुंगाना)  नेपाल 
सान + पुनम (भण्डारी) नेपाल  
लिला + गिता (घिमिरे) नेपाल 

छोरी ज्वाइँ 
भिमा + डोलेन्द्र खरेल
शोभा + निर्मल सापकोटा
प्रेमा + तारानाथ लामिछाने 

स्रोत संग्रह गरि लिपीबद्व गर्नुहुने कमल गाउँपालिका वार्ड नं. ६ गेउरिया निवासी  पशुपतिराज भण्डारी स्व. पिताजीका सम्धी हुनुहुन्छ । 

Views: