d

काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण अनिवार्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको  सोमबार बसेको बैठकले काठमाडौं आउनेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने निर्णय गरेको हो।
उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको उनले बताए।
लक्षण देखिए वा शंकास्पद लागेमा पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिने भएको छ ।  
सबै नगरपालिकाहरूमा कम्तीमा एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । 

 

Views: