d

संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने- देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेको बताएका छन् ।
संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने उनले बताए । ‘…चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ’  बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले भने, ‘संख्या निश्चित हुनुपर्‍यो, संख्या ।’
उनले अघि भने, ‘संख्या निश्चित भएको खण्डमा पुनः धोका नहुने किसिमको हुनुपर्‍यो। हामी भाग्ने कुरा छैन ।’
नेपाली कांग्रेसको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । तर देउवाले अग्रसरता नलिएको नेताहरुले बताइरहँदा देउवाले भने माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।
‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उनले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त ! के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि ।’
Views: