d

जसपा अरुसँग मागेर खाने कमजोर शक्ति होइन : बाबुराम भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्। शुक्रबार जसपाका शीर्ष नेताको सामूहिक तस्बिर सार्वजनिक गर्दै बाबुरामले यस्तो बताएका हुन्।
जसपा संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले जसपा कमजोर जातीय र क्षेत्रीय शक्ति नभएर सच्चा राष्ट्रिय शक्ति बन्नु पर्ने बताएका हुन्।  ‘जसपा अरूसंग मागेर खाने कमजोर जातीयरक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्।  
शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै बाबुरामले यस्तो बताएका हुन्। उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए।
‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ। उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ’, बाबुरामले अगाडि लेखेका छन्।

जसपा अरुसँग मागेर खाने कमजोर शक्ति होइन : बाबुराम भट्टराई
काठमाडौं : बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्। शुक्रबार जसपाका शीर्ष नेताको सामूहिक तस्बिर सार्वजनिक गर्दै बाबुरामले यस्तो बताएका हुन्।
जसपा संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले जसपा कमजोर जातीय र क्षेत्रीय शक्ति नभएर सच्चा राष्ट्रिय शक्ति बन्नु पर्ने बताएका हुन्।  ‘जसपा अरूसंग मागेर खाने कमजोर जातीयरक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्।  
शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै बाबुरामले यस्तो बताएका हुन्। उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए।
‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ। उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ’, बाबुरामले अगाडि लेखेका छन्। अन्नपूर्ण पोस्ट बाट साभार
Views: