d

ओली नेतृत्वको सरकार विवेकहिन बन्दैछ - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार विवेकहीन भएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका हुन्। 
‘दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना हो’, प्रचण्डले भने, ‘यो सरकार इतिहासकै विवेकहीन बनेको छ।’ 
 प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको आरोप लगाए। उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरेको आरोपसमेत लगाए।
प्रचण्डले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए। फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको बताए। उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
यस्तै संघीय निजामती सेवा सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पास भए पनि प्रधानमन्त्री ओलीले रोकेर सदनबाट पास हुन नदिइ निकम्मा बनाएको उनको भनाइ छ। अध्यक्षले कर्मचारी समायोजन सम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भएको बताउदै उनले त्यसलाई अघि बढ्न नदिइएको बताए। अन्नपूर्ण पोस्टमा खबर छ । 

 

Views: