d

दोस्रो चरणको कोरोना खोप बैशाख ७ देखि दिइने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) विरूद्धको पहिलो चरणको खोप लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइने जनाएको छ।
यसअघि माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो। यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान सुझाएको छ।
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते, माघ १८, १९, २०, २१, र २७ गते लगाएकालाई वैशाख ८ गते र माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकालाई  वैशाख ९ गते लगाउन मिति तोकेको छ। यस्तै माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ। 
खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइनेछ। मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई आफू पायक पर्ने खोपकेन्द्रमा गइ खोप लगाउन भनिएको छ।

 

Views: