d

अर्थतन्त्रभन्दा पनि जनताको जीवन पहिलो : प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रभन्दा पनि जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर कोरोनासँग सरकार लडेको बताएका छन् । नयाँवर्ष २०७८ को अवसर देशवासीका नाममा बुधबार सम्बोधन गर्दै उनले सबभन्दा पहिला जनताको जीवन रक्षालाई प्राथमिकता दिइएको बताएका हुन् ।
‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’
उनले सरकारले मानव जीवनलाई नै प्राथमिकतामा राखेर नीति अंगिकार गरिएकाले त्यसमा ‘असफल नभएको’ बताए । 
‘सही नीतिकै कारण तुलनात्मक रूपमा कम क्षति भयो’, उनले भने ।
Views: