d

पुर्व राजा ज्ञानेन्द्रलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्छ - आङ काजी शेर्पा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १ बैशाख । जनता समाजवादि पार्टी (जसपा) का केन्द्रिय सदस्य नेता एवम् आदिवासि जनजाति  महासंघका पूर्व अध्यक्ष आङकाजि शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । 
 
 
नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन ।
 
 भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन । 

 

Views: