d

राष्ट्रपति द्वारा बिभुषण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई बुधबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गरेकी छन्। उक्त मानपदवी, अलंकार र पदक चैत २७ गते वितरण गर्न बाँकी रहेका महानुभावलाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रदान गरिएको हो। नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ।
राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो। विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय, जनसेवाश्री प्रथमबाट १ सय १०, अलंकारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६ सय ३३ जनालाई विभूषित गरिने घोषणा भएको थियो। २०७६ मा ४ सय ५० जनालाई विभूषण दिइने घोषणा भएकामा कोभिड १९ का कारण सो वर्ष समारोह गरिएको थिएन।  
विभूषण ऐन २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षता रहेको विभूषण समिति बैठकले उक्त सिफारिस गरेको हो। समितिमा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव थिए।  रासस

 

Views: