d

खोप लगाउदा रगत जम्यो, अमेरिकामा जोन्सन एन्ड जोन्सन कोभिड खोप लगाउन रोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वासिङ्टन (एएफपी) : अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ। यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीको भनाइ आएलगत्तै कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि रोकिएको जनाएको छ।  
अमेरिकामा झन्डै ७० लाखले यो खोप लगाएका छन्। तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका ६ महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरूको भनाइ छ। अमेरिकी अधिकारीका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ। अर्का एकको अवस्था जटिल छ।  
अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर माक्र्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताए। खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाइ छ।  
जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ। पछिल्लो तीन साता अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए त्यसबारे आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीले आग्रह गरेका छन्। खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ।  
ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ। यहाँ झन्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिएका छन्।  
यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ। जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने घोषणा गरिसकेको छ। अन्नपूर्ण पोस्टमा बिस्तृत खबर छ । 

 

Views: