d

असिनापानीले अधिकारी कृषि फार्ममा गम्भीर क्षति, उपमेयर द्वारा सहयोगको आश्वासन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास / झापा बैशाख ३- गत बिहिवार साझ आएको असिनापानी सहितको भीषण हावाहुरीका कारण बालीनाली नष्ट भएका कारण  झापाको गौरादह नगरपालिका भित्र पर्ने किसानहरु चिन्तित भएका छन् । अचानक आएको हुरिबतास सहितको भीषण असिनापानी बाट विशेषगरि  मकै र अन्य नगदे बाली नष्ट हुँदा किसानहरुमा चिन्तित भएका हुन् । 
बाली नाली बाहेक कृषि फार्महरुमा समेत असिना पानीबाट गम्भीर क्षति पुगेको पाइएको छ । 
गौरादह नगरपालिका वार्ड नं. ४ धरधरेमा स्थापित अधिकारी बहुउद्देश्यीय कृषि फार्मका संचालक भानु अधिकारी भन्छन्,"अचानक ठूलो हावाहुरी आयो, हामी अतालिएर तिर्पालहरु खोज्न थाल्यौं, खोर भित्रका बाख्राहरु एकोहोरो रूपमा कराउन थाले, निर्माणकै क्रममा रहेकोले फार्म बाहिर समेत समानहरु यत्रतत्र थिए । खोरभित्र रहेका बाख्रा अचानक चिच्याउन थालेपछि हामी उता दगुर्यौं । टर्च लाइट बालेर हेर्दा असिनाको पोका बाख्रामाथी परिरहेको दृश्य निकै कहालीलाग्दो थियो । 
असिनापानी कै कारण बयर जातको एउटा माउ बाख्रो मरेको तथा शुक्रबार दिनभरी  ससाना पाठा र अन्य बाख्राहरु झोक्राइरहेकोले लगानी डुब्ने हो कि भन्ने चिन्ताले सताएको अधिकारी बताउँछन् । असिनाका कारण छिद्रै छिद्रा परेको टिनको छाना देखाउदै उनले भने, "कुखुरा टर्की र बट्टाईमा समेत नराम्रो असर पर्यो, बिहान हेर्दा  ३० वटा लोकल कुखुरा खोरमै मरेको अवस्थामा भेट्टिए ।" हावाहुरी सहित असिनापानीले पशुपन्छीको दाना समेत भिजेको र दानाको लागि लगाइएको १० कठ्ठाको मकै लडेर पुर्णरुपमा क्षति भएकोले आफू अत्यन्तै चिन्तित भएको भन्दै अधिकारी पीडा व्यक्त गर्छन् । नेपालको पुर्वी द्वार काकर्भिट्टामा स्थायी बसोबास गर्दै आएका अधिकारीले गौरादहमा पशुपालन, मत्स्य पालन, र पौल्ट्री फार्ममा बलियो संभावना देखेकोले यस क्षेत्रलाई नै कर्म थलो बनाएर व्यवसाय शुरु गरेको बताउछन् । 
फार्ममा गम्भीर क्षति पुगेकोले सहयोगको लागि नगर पशु शाखामा जानकारी गराइसकेको उनले बताए । पशु शाखाका प्रमुख सन्तोष भण्डारी र उपमेयर गिता भेट्वाल तथा कार्यपालिका सदस्य अम्बिका भण्डारीले फार्मको स्थलगत निरीक्षण गर्नुभएकोले क्षतिपूर्तिको लागि आफू आश्वास्त रहेको अधिकारी बताउछन् । 
पर्दाफास मिडियाको टिमले फार्मको स्थलगत  रिपोर्टिङ गर्दैगर्दा फार्म निरीक्षण गर्न आइपुगेकि उपमेयर गिता भेट्वालले लाई क्षतिपूर्ति दिलाइदिने आश्वासन दिनु भएको छ । भेट्वालले भन्नुभयो , "हामी नगरभरी अनुगमन गर्दै छौँ, कृषकहरुले चिन्तित हुनुपर्दैन, क्षति अनुसारको विवरण संकलन गरेर तत्काल प्रक्रिया अगाडी बढाउने छौँ ।"
यस सम्बन्धि थप समाचार आगामी अंकमा प्रकाशन गरिनेछ । 
Views: