d

लुम्बिनी प्रदेश: विकट बस्तीहरू छुने प्रदेश लोकमार्ग निर्माण सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
तानसेन : लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखि कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण सुरु गरेको छ। प्रदेशकै मुख्य गौरवको आयोजनाको रूपमा रामपुर कपुरकोट सडक निर्माणमा जुटेको हो। यो सडक सम्पन्न हुँदा पहाडी जिल्लाका विकट बस्तीहरू गुल्जार हुनेछन्। यसलाई पहाडको मेरुदण्ड सडकका रूपमा हेरिएको छ।
सडक निर्माणको कामलाई चुस्त बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पहाडी ३ जिल्ला, पाल्पा, अर्घाखाँची र प्युठानमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ। अहिले पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पाको  विभिन्न खण्डमा सडक निर्माणको काम भइरहेको छ। लुम्बिनी प्रदेशको सिमाना पाल्पाको रामपुरदेखि कर्णाली प्रदेशको सिमाना सल्यानको कपुरकोटसम्म सडकको लम्बाइ २ सय ९० किलोमिटर छ।
पाल्पाको रामपुरबाट निस्दिी बेलडाँडा, सिलुवा, वीरकोट, ताहुँ, हुमिन, चिदिपानी, आर्यभञ्ज्याङ, बरतुङ, होलाङदी, वाइपास हुँदै, ढुंगाखानी, हार्थाेक, बतासे, छहरा, तीनगिरे हुँदै पूर्वी अर्घाखाँचीको पणेनामा जोडिन्छ, पणेना, पोखराथोक, दुर्गाफाँट, पाली, अड्गुरी, घुम्ती, सन्धिखर्क भूमिकास्थान हुँदै प्युठान जिल्लामा जोडिन्छ। प्युठानको स्वर्गद्वारी, मल्लरानी हँुदै रोल्पा जिल्लामा सडक पुगेको छ। रोल्पाको दहवनदेखि लिगलपाली हुँदै यो सडक लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको पश्चिम सिमाना सल्यानको कपुरकोट गाउँपालिकामा जोडिन्छ।
रामपुर कपुरकोट सडकको सबैभन्दा धेरै भाग पाल्पा जिल्लामा पर्छ भने सबैभन्दा थोरै भाग रोल्पामा पर्छ। पाल्पा खण्डमा १ सय ५, अर्घाखाँचीमा ८०, प्युठानमा ७०, रोल्पामा ३५ किलोमिटर लम्बाइ पर्छ । रामपुर कपुरकोट सडक पाल्पाका १० वटा पालिकामध्ये ९ पालिका, रामपुर, निस्दी, पूर्वखोला, रम्भा, माथागढी, बगनासकाली, तानसेन, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका भएर सञ्चालन भएको छ।  अर्घाखाँची जिल्लामा पाणिनी गाउँपालिका, सन्धीखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका भएर यो सडक सञ्चालनमा आएको छ भने प्युठानमा जिल्लामा मल्लरानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, रोल्पाको दहवन लिगलपाली हुँदै सल्यानको कपुरकोट गाउँपालिकामा यो सडक टुंगिएको छ।
प्रदेशको एक मात्र गौरवको सडक आयोजनाअन्तर्गत रामपुर कपुरकोट सडकको ट्रयाक सञ्चालनमा आइसकेको छ। अहिले रामपुर कपुरकोट सडकमा सवारीसाधनबाट ओहोरदोहोर गर्न सकिन्छ।  आगामी आर्थिक वर्ष २०७८र०७९ को असार मसान्तसम्म रामपुर कपुरकोट सडकखण्डको २ सय ९० किलोमिटर सडक पिच गरिसक्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भीमार्जुन पाण्डेले बताए।  आगामी वर्षसम्म ३ अर्ब रकम खर्च हुने सडकले अधिकांश उत्तर दक्षिण जोड्ने राजमार्गसँग जोडिनेछ। सडकमा अहिले पनि सडक विभाग, स्थानीय सरकारबाट काम भइरहेको छ। यो सडककको राइट अफ वे सेन्टर प्वाइन्टबाट दायाँबायाँ पन्ध्र÷पन्ध्र मिटर कायम गरिएको छ।
दोस्रो चरणमा रामपुर कपुरकोट सडकको २ सय ९० किलोमिटर क्षेत्रमा रहेका घर बस्तीलाई उचित मुआब्जासहित हटाउने, ओटासिल पिचको आयु सकिएका स्थानमा बाटो फराकिलो बनाउने गरी गौरवको योजनाको काम छनौट गरिएको छ। दोस्रो चरणका लागि १५ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान प्रदेश सरकारले गरेको  मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पाण्डेले बताए।
यो सडक पाल्पाको सदरमुकाम तानसेन, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, प्युठानको सदरमुकाम प्युठान भएर सञ्चालन भएको छ। चुरे क्षेत्र भएर सञ्चालन हुने यो राजमार्गमा डाँडैडाँडा भएर निर्माण भएको छ। यस सडकको २ सय ९० किलोमिटर क्षेत्रमा एउटा पनि पुल बनाउन खर्च गर्नुपर्ने छैन। यो सडकले धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रलाई जोडेको छ।
रामपुर कपुरकोट सडकअन्तर्गत तानसेन ढुंगाखानी क्षेत्रमा ४ करोड रुपैयाँमा सडक पिचको काम भइरहेको छ। आगामी वर्ष हार्थाेक बतासे छहरा तीनगिरे क्षेत्रमा सडक पि
चका लागि डीपीआर अन्तिम चरणमा पुगेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर प्रेमनारायण बस्यालले बताए।
अन्नपुर्ण पोस्टमा खबर छ। 
Views: