d

राम बहादुर थापा 'बादल' गृहमन्त्रीमा पुन: नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री नियुक्त गरेकी छन् । बादललाई संविधानको धारा उपधारा ९१० अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री बादल राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले बादललाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् । गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका बादललाई आजै शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

Views: