d

दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ घाइते, दुईको अवस्था गम्भीर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दैलेख: दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत आइतबार दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भइ सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए ।
दुर्घटनामा घाइते ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । डिएसपी श्रेष्ठका अनुसार घाइतेको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ । साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्नपुर्ण पोस्ट बाट
 
Views: