d

स्वतन्त्रता पुर्वक काम गर्दा कसैले रोक्न सक्दैन- सभामुख सापकोटा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ: सभामुख अग्नि सापकोटाले आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताएका छन् । प्रधानमन्त्रीलाई लक्षित गर्दै सभामुख सापकोटाले कसैले काम गर्न अवरोध गर्न खोजे पनि आफू नरोकिने बताए ।
आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।
शनिबार प्रधानमन्त्री केपी ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएपछि सोही कुरालाई लक्षित गर्दै सापकोटाले जवाफ दिएका हुन् ।
सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने अडान समेत राखेका छन् । यस्तै संघीय संसदलाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरिएको पनि उनको आरोप छ । 'संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको छ। अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको छ । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न सकिँदैन,' सभामुख सापकोटाले भनेका छन् ।
Views: