d

कोरोना: ९६ जनाको परिक्षण गर्दा ६१ जना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कोरोना: ९६ जनाको परिक्षण गर्दा ६१ जना संक्रमित
वीरगन्जः वीरगन्जमा आइतवार राति फेरि ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतवार राति ९६ जनाको पीसीआर परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका ६१ मध्ये पर्साका मात्रै ४९ जना छन् । तीमध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ४७ जना रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सरोज रोशन दासले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० का १३ जना, वडा नम्बर ६ का १० जना र वडा नम्बर ७ का ६ जना तथा अरु २४ जना महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।
यस्तै पर्साको धोबीनी गाँउपालिकाका २ जनामा पनि संक्रमण भेटिएको डा दासले जानकारी दिए । नारायणी अस्पतालमै आइतवार राति गरिएको परीक्षणमा बाराका ११ जना र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको दासले बताए ।
यसअघि शनिवार साँझ नारायणी अस्पतालकै प्रयोगशालामा ९० स्वाब नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।
शनिवार साँझ संक्रमण पुष्टि भएका ४५ मध्ये वीरगन्जका ३८ जना सहित पर्सा जिल्लाका मात्रै ३९ जना थिए । यसअघि शुक्रबार साँझ वीरगन्जको नारायणी अस्पतालमै ९४ जनाको पीसीआर परीक्षण गर्दा तीमध्ये आधा भन्दा बढी अर्थात ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
५७ जना संक्रमितमध्ये पर्सा जिल्लाको मात्रै ५० जना थिए ।  पर्साकँ ती ५० जनामध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ४७ जना थिए ।
वीरगन्जमा पछिल्लो ९ दिनमा (चैत २७ देखि बैशाख ५ सम्म) मात्रै ३ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ५ गते सम्म ६ सय २८ जनाको परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण भेटिएको हो ।
वीरगन्जमा पछिल्लो एक हप्ता यता दिनहुँ हुँदै आएको परीक्षणमा जाँच गराएकामध्ये आधा जतिमा कोरोना संक्रमण भेटिने गरेको छ ।
आइतवार रातिको परिक्षणमा भने आधा भन्दा बढिमा संक्रमण भेटिएको हो । कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ५ जनाले ज्यान पनि गुमाइसकेका छन् । अन्नपुर्ण पोस्टमा क्रान्ति साहले समाचार लेख्नुभएको छ। 
Views: