d

सरकार परिवर्तन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् : प्रवक्ता गुरुङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, 'यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिवर्तन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।' 

नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै देशमा स्थिरता र विकास दिने जनाउँदै उहाँले भन्नुभयो, 'फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।'

उहाँले नागरिकप्रति उत्तरदायी हुँदै नागरिककै पक्षमा इमानदारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्घीय निजामती सेवा ऐन संसद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले मन्त्रालय अन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने बताउँदै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने बताउनुभयो । 

सङ्गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि विकासमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस 

Views: