d

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीले दिए राजीनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल : लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । दुवै नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।
कानुनमन्त्री केसीलाई माओवादी र नेपाली कांग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
माओवादी, कांग्रेस र जसपा गरी ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
Views: