d

बढ्दै छ कोरोना त्रास: पछिल्लो २४ घण्टामा थपिए १२ सय २७ जना कोरोना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — पछिल्लो २४ घण्टा  भित्रमा नेपालमा १२ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १ पीसीआर परीक्षणबाट सोमबार १२ सय २७ जना संक्रमित फेला परेको हो । त्यस्तै ५ सय ४७ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।  

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १२ सय ८१ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
२४ घण्टामा २५५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २ सय ५४ छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।
Views: