d

पश्चिम रुकुम र सप्तरी बाट ७ जना नक्कली डाक्टर पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम, सप्तरी लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतम, सप्तरीका मोहम्मद सिद्धिकी (न्यू हस्पिटल विराटटनगरमा कार्यरत), धनुषाका मोहम्मद साहिद राजा (दीर्घायु गुरु हस्पिटल चाबहिलमा कार्यरत) महोत्तरीका सुवास प्रसाद साह (जनकपुर चिल्डेन अस्पतालमा कार्यरत), र सप्तरीका अखिलेश कुमार देव रहेका छन् । एक जनाको पहिचान खुल्न बाँकी छ ।
सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो । मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । द नेपाल टप बाट।  
 
Views: