d

४० वर्षे जेलजिवनबाट फर्किएका दुर्गाप्रसादलाई माई नगरपालिकाले गर्यो ५० हजार सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
इलाम।   भारतमा ४० बर्ष जेलजिवन बिताएर नेपाल फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई इलामको माइ  नगरपालिकाले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख दिपककुमार थेबेले दुर्गाप्रसादका भाई धर्मानन्द तिम्सिनालाई सहयोग रकम हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर भएका दुर्गाप्रसादलाइ उपचार खर्च बापत सहयोग प्रदान गरिएको बताए । त्यसैगरी उनलाई नेपाली नागरिकता लिनका लागि इलामसम्म जानका लागि खर्च भएको ४ हजार र उपचारको लागि विराटनगरसम्म जानका लागि लाग्ने यातायात खर्च १३ हजार रुपैया समेत नगरले नै व्यर्होने तथा मानसिक सन्तुलन गुमाएकी बहिनीको उपचारको लागि समेत नगरबाट २६ हजार रुपैया सहयोग दिने निर्णय भएको बताइएको छ।  
दुर्गाप्रसादको घरमा ८५ बर्षिय आमा धनमाया, मानसिक सन्तुलन गुमाएकी ५२ बर्षिय बहिनी पवित्रा र भाई धर्मानन्दको परिवार एकै साथ रहका छन् । दुर्गाप्रसादको अहिले प्रदेश सरकारले विराटनगर स्थित विराट नर्सिङ होममा निःशुल्क उपचार भइरहेको भाई धर्मानन्दले बताए ।
Views: