d

राप्रपा नेता संग्रौलाको सौजन्यमा ५१ विद्यार्थीलाई पोसाक वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: झापाको गौरादह नगरपालिका वार्ड नं. ७ मा रहेको प्रगति मा. वी. मा अध्ययनरत ५१ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लक्ष्मी प्रसाद सङ्ग्रौलाको सौजन्यमा उक्त सामाग्री वितरण गरिएको हो । प्रगति मा. वी. परिसरमा सम्पन्न गरिएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सम्पादन समिति सदस्य तथा केन्द्रिय सदस्य नेता संग्रौलाले बालबालिकाहरु भोलिका कर्णधार हुन् भन्दै उनीहरुको सर्वाङ्गिण विकासको लागि समुदायको  भुमिका महत्त्वपूर्ण हुने बिचार व्यक्त गर्नुभयो । आफू लामो समय देखि संघीय राजधानी काठमाडौमै बस्दै आएको भएतापनी गाउँघरको माया सदैब रहिरहने बताउनु भयो ।   सानो सहयोगले समाजमा  फराकिलो उदाहरण दिन प्रयास गरेको वहाँको भनाइ रहेकोे छ ।   
 गत हप्ता झुल बितरण गर्न गाउँघरमा जादा  पाठेघर सम्बन्धि समस्या धेरै महिलामा रहेको पाइएको र यस सम्बन्धि स्वास्थ्य शिविर राख्न महिला दिदिबहिनीहरु द्वारा अनुरोध गरिएको भन्दै निकट भविस्य मै विशेषज्ञ डाक्टर सहितको टोली बोलाएर पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य  शिविर संचालन गरिदिने वचनवद्दता  समेत वहाँले व्यक्त गर्नुभएको छ । 
सोभाधोजसिङ माक्राको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राप्रपा प्रदेश 'क' अध्यक्ष जय गुरुङ्ग तथा नेपाली कांग्रेस क्षेत्रीय सचिव   सुर्यभक्त सिटौला लगायतले शुभकामना  मन्तव्य राखेका थिए ।   
उक्त अवसरमा प्र. अ. डिल्लीराम अधिकारिले  ड्रेस उपलब्ध गराएर सहयोग पुर्याउनु भएकोमा नेता संग्रौलालाई धन्यवाद ज्ञापन गरेका थिए ।
राप्रपा नेता संग्रौला स्थानीय ग्वालडुब्बाबासी हुनुहुन्छ भने हाल काठमाडौमै बसोबास गर्दै आउनु भएको छ । संग्रौलालाई ग्वालडुब्बा आउँदा कहिल्यै खाली हात नआउने स्थानीयहरु अनुभव सुनाउछन्  । 

वहाँको खुलेर प्रसंसा गर्दै एक स्थानीयले पर्दाफास संग भने, 'लक्ष्मी सर अत्यन्तै मिलनसार र सामाजिक भावनाको हुनुहुन्छ, काठमाडौ बाट फर्किदा समाजको लागि कुनै न कुनै कोसेली बोकेरै आउनुहुन्छ। ' 
गत महिना नेता संग्रौलाले वडा भित्र रहेका खेलाडीहरुलाई समेत ड्रेस उपलब्ध गराउनु भएको स्थानीय शिक्षक शिवनारायण माक्राले बताए । 
 गरिब दुखीको सेवा देखि लिएर सबै समुहका मानिस संग घुलमिल हुने तथा सामाजिक कार्यमा सदैव कृयाशिल हुने भएकोले संग्रौलालाई स्थानीयबासीले दानदाताको रूपमा लिने गरेको स्थानीयहरु बताउँछन् । 
Views: