d

एकैदिन १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : पछिल्लो २४ घन्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ८ हजार ७३८ परीक्षण गराउँदा १७ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार २५१ जना कोरोना जितेर घर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा र ८ हजार ६५९ जना आइसोलेसनमा छन्।
Views: