d

माओबादी बैठक: संसद अधिबेसनको अन्त्य गर्नु सरकारको निरंकुश र स्वेच्छाचारी कदम भएको ठहर

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छैन। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा वैकल्पिक सरकारको निर्माण, अधिवेशनको अन्त्य र कोरोना संक्रमण रोकथामबारे छलफल भए पनि समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय भएको छैन।
बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर  निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'प्रतिनिधिसभा बैठकको मिति र समय निर्धारित भइसकेको अवस्थामा  संसद्को अधिवेशनलाई हठात बन्द गर्ने काम गर्नु  सरकारको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदम हो । बैठकले त्यो कदमको भर्त्सना गरेको छ।'मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार  प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् । अन्नपुर्ण पोस्टमा खबर छ। 
Views: