d

परिवर्तनका लागि युवा अभियानले गर्यो आगलागी पीडितलाई सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: झापाको गौरादहमा स्थापित युवाहरुको संस्था परिवर्तनका लागि युवा अभियानले गौरादह १ स्थित सितापुरीमा गत चैत २६ गते आगलागी भइ घरबार बिहिन भएका अम्बर बहादुर श्रेष्ठको परिवारलाई नगद १० हजार ५ सय १० रुपैयाँ राहत स्वरुप हस्तान्तरण गरेको छ । आगलागीका कारण घर सहित सबै धनमाल जलेर नोक्सानी भएपछि बिचल्लीमा परेका श्रेष्ठ परिवारलाई संस्थाले सदस्य भित्र र बाहिर समेत आर्थिक संकलन गरि  पीडित परिवारलाई सहयोग गरेको हो ।  प्राकृतिक विपत्तिमा परेका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरू बाट आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको संस्थाका सचिब अशोक कार्कीले बताए । 
सानो राहत प्याकेज बोकेर पीडित परिवारलाई भेट्न गएका थियौं, वहाँहरुको अवस्था देखेर धेरै दु:ख लाग्यो, अहिलेसम्म वडा कार्यालय बाट ७ हजार,  प्रणामी समाजबाट १५ हजार तथा स्थानीयबासी बाट ८/१० हजार मात्र संकलन भएको रहेछ, ओढ्ने ओच्छ्याउने लुगा कपडा समेत जलेर खरानी भएको रहेछ ।', सचिव कार्कीले भने । 
'सामान्य रूपमा हेर्दा पनि २०/२१ लाख क्षति भएको अनुमान गर्न सकिन्छ, पीडित परिवारलाई अझ बढी राहत कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा हाम्रो संस्था अत्यन्तै चिन्तित छ ।', कार्कीले अगाडी भने । 
राहत सहायता गर्न चाहने व्यक्ति वा संस्था भए यथासिघ्र आफुहरु संग वा डाइरेक्ट पीडित परिवार संग सम्पर्क गरेर सहयोग गरिदिन परिवर्तनका लागि युवा अभियान आवद्ध युवाहरूले अपिल गरेका छन् । 
Views: