d

चाडका राष्ट्रपतिको बिद्रोही संगको झडपमा परि मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — विद्रोहीसँगको झडपमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ । विद्रोहीमाथि कारबाही गरिरहेको सेनालाई हौसला दिन उनी सोमबार चाडको उत्तरी क्षेत्र पुगेका थिए । 
चाड सेनाका प्रवक्ता जनरल आजम बर्मान्डोआ अगौनाले चाड टीभीमार्फत राष्ट्रपति डेबीको मृत्युबारे जानकारी दिँदै भने, ‘चाडका राष्ट्रपति, सेनाका सर्वोच्च कमान्डर इद्रिस डेबीले मुलुकको सार्वभौमिकताका लागि लड्दै गर्दा सहादत प्राप्त गर्नु भएको छ । चाडका नागरिकलाई उहाँको मृत्युको खबर सुनाउन पर्दा हामी अत्यन्तै दु:खी छौँ ।’
डेबीले सन् १९९० मा ‘कु’मार्फत चाडको शासनसत्ता हातमा लिएका थिए । गत अगस्टमा उनी फिल्ड मार्सलका रुपमा बढुवा भएका थिए । त्यहाँ निर्वाचन आयोगका अनुसार डेबी छैटौं कार्यकालका लागि हालै मात्र निर्वाचित भएका थिए । अफ्रिका न्युजका अनुसार उनी ७९.३२ प्रतिशत मत प्राप्त गरेका थिए । सेना र विद्रोहीबीच झडप भइरहेकाले उनले आफ्नो विजयी भाषणलाई पछि सारेका थिए । सेनाका प्रवक्ताका अनुसार डेबीका छोरा जनरल महमत काकालाई मुलुकको अन्तरिम राष्ट्रप्रमुख घोषणा गरिएको छ ।
उत्तरी क्षेत्रमा रहेको लिब्यामा फ्रन्ट फर चेन्ज एन्ड कन्कोर्ड इन चाड(एफएसीटी) ले चुनावकै दिन सेनाको बोर्डर पोस्टमा आक्रमण गरेको थियो । सेनाका प्रवक्ता अगौनाले रोयटर्ससँगको कुराकानीमा सेनाको कारबाहीमा ३ सयभन्दा विद्रोही मारिएको र १५० जनालाई नियन्त्रणमा लिएको बताएका छन् । त्यस्तै ५ जना सिपाही र ३६ जना घाइते भएका छन् ।
Views: