d

उच्च जोखिम देखिए पछि भारत आउन जान रोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँदिल्ली — भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै विभिन्न मुलुकले आफ्ना नागरिकहरूलाई भारत भ्रमणमा रोक लगाउन थालेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्र २ लाख ५९ हजार १ सय ७० संक्रमित थपिएका छन् ।
त्यसैगरी १ हजार ७ सय ६१ जनाको भाइरसका कारण मृत्यु भएको छ । भारतमा एकै दिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो लगातार पाँचौं दिन हो ।
संक्रमण तीव्र बनेकै कारण राजधानी दिल्लीमा सोमबार साँझदेखि एक साता लामो लकडाउन गरिएको छ । नयाँ प्रजातिका भाइरसका कारण संक्रमण एकाएक बढेको स्वास्थ्यविद्हरूको आशंका छ । भारतमै नयाँ किसिमको ‘डबल म्युटेन्ट’ भाइरस पहिचान भइसकेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मार्च २४ मै ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको पुष्टि गरेको थियो ।
भारतमा नयाँ प्रजातिको डबल म्युटेन्ट भाइरस देखिएपछि अमेरिका, बेलायतलगायतका मुलुकले त्यसको संक्रमण जोखिम र असरलाई लिएर चिन्ता प्रकट गर्दै आएका थिए । नयाँ प्रजातिको भाइरसबाट हुने संक्रमण नियन्त्रणका लागि हालसम्म विकसित खोपहरू प्रभावकारी हुने/नहुनेबारे चासो व्यक्त हुन थालेको छ । यिनै चासो र चिन्ताका बीच विभिन्न मुलुकले आफ्ना नागरिकलाई भारत भ्रमणमा रोक लगाएका हुन् । त्यसका साथै कतिपय देशले भारतसँगको उडान बन्दको निर्णय गर्न थालेका छन् ।  खबर कान्तिपुर दैनिकमा छापिएको छ। 
Views: