d

भारतीय प्रधानमन्त्री मोदी भन्छन, 'कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको दोस्रो लहर तुफान बनेर आएको बताएका छन् । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण तीव्र बनेपछि भारतभर अस्पतालमा भर्ना हुनेको संख्या बढिरहेको छ भने अस्पतालमा अक्सिजन र बेड अभावले हाहाकार मच्चिएको छ ।
यसैबीच मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्ध मुलुकले ठूलो लडाइँ लडिरहेको बताए ।
मोदीले सम्बोधनका क्रममा भने, ‘कोरोनाविरुद्ध देशले आज फेरि ठूलो लडाइँ लडिरहेको छ । केही हप्ता पहिलेसम्म अवस्था ठीक थियो तर अहिले कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ । जुन पीडा तपाईंहरुले सहनु भएको थियो, जुन पीडा तपाईंहरुले सहिरहनु भएको छ । त्यो म महसुस गर्न सक्छु ।’ कान्तिपुरमा खबर छ।  
 
Views: