d

सभामुख सापकोटा विरुद्धको कर्तव्य ज्यान मुद्दा संवैधानिक इजालसमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – सभामुख अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा परेको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु  दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । 
सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो । अर्जुनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।
सुरुमा प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लगायत अरु ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता भएको थियो ।
Views: