d

स्वास्थ्य मापदण्ड अपनाएर मनकामनामा पूजा गर्न सकिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गोरखा : प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् ।
बिहीबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा नागरिक अगुवाहरुको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजा गर्न सकिने निर्णय गरेका हुन् ।
‘गत मंगलबार जिल्ला स्तरीय कोभिड विपद व्यवस्थापन समितिले मन्दिरमा नियमितबाहेक सबैखाले पूजाआजा बन्द गराउने निर्णय गरेको रहेछ । यहाँ त मन्दिर खुलेकै थिएन । भक्तजनहरुले बाहिरबाटै पूजा गरेर फर्कने गरेका थिए’, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले भने, ‘अब पनि आउने भक्तजनहरुलाई आँगनमा २५ जनाभन्दा धेरै भेला नगराउने, दुई मिटर दुरीमा राखेर मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड अपनाएर बाहिरबाटै दर्शन र पूजा गरेर फर्कने व्यवस्था गर्ने निर्णय भएको छ ।’
अन्नपुर्ण पोस्टमा शिव उप्रेतीले समाचार लेखेका छन्। 
Views: