d

एमाले बैठकको निचोड: 'सांसदहरुले बुझाएको स्पष्टीकरण नरम मान्न सकिन्छ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — नेकपा एमाललेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले बुझाएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ रहेको निश्कर्ष एमाले बैठकले निकालेको छ । बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण 'सफ्ट कर्नर'बाट आएको निष्कर्ष निकालेको हो ।
बैठकमा स्पष्टीकरण सोधिएका २७ संघीय सांसदमध्ये पाँच सांसदले जवाफ नबुझाएको रिपोर्टिङ भएको थियो ।
स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु, दीपक भट्ट छन् ।
एक केन्द्रीय सदस्यका अनुसार सबैको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट ’ र अधिकाशंको एउटै प्रकृतिको आएको निष्कर्ष बैठकको छ । 

 

Views: