d

२७ सांसदलाई कार्वाही गर्ने जिम्मा स्थायी समितिलाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई  के कस्तो कारवाही गर्ने भन्‍नेबारेमा निर्णय गर्ने  जिम्मा स्थायी कमिटीलाई दिएको छ ।
शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय भएको हो। 
एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ । 
स्पस्टीकरण सोधिनेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू रहेका छन्। 
एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच मेरियट होटलमा बुधबार र बिहीबार भएको वार्ता खासै सकारात्मक नभएपछि संस्थापन पक्षले कारबाहीको प्रक्रियालाई निरन्तरता दिएको हो। 
अन्नपूर्ण पोस्टमा खबर छ । 

 

Views: